प्रचण्ड नेतृत्वको सरकारको पहिलो शर्त सुशासन : गृहमन्त्री श्रेष्ठ

केन्द्रभाग मिडिया

काठमाडौं ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पहिलो शर्त सुशासन भएको बताएका छन् ।

ज्यापू समाज यलको ३० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारलाई प्रभावकारी ढंगबाट अन्त्य नगरी सुशासन सम्भव नभएको बताए ।

उनले भने, ‘भ्रष्टाचार, तस्करी, कमिसनखोर, कानूनको उल्लंघन गर्नेहरूलाई दण्डित गरेर नेपालमा शान्ति सुरक्षाको व्यवस्था नगरेसम्म विकास र समृद्धिले फड्को मार्ने सम्भावना भएन। अहिलेको सरकारले समृद्धिको अभियानको लागि भ्रष्टाचारविरोधी अभियान अगाडि बढाएको छ।’

सुशासन विरोधी अभियानलाई जनताका समर्थन गरेको समेत बताए।

  • २५ भाद्र २०८०, सोमबार १४:४१ प्रकाशित