पोखरा ।
गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले गण्डकी प्रदेशको पर्यटन विकासका लागि नयाँ पदमार्गको पहिचान गर्नुपर्ने बताएका छन् । पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको ३० औँ साधारण सभामा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुन् ।
पदमार्गलाई कसरी विस्तार गर्न सकिन्छ ? अब महिनौ दिनको पदयात्रा कसरी बनाउन सकिन्छ ? प्रदेश सरकारले पनि यी कुराहरु महशुस गरेको छ, अब कसरी रुटहरुलाई महिनौ दिनका लागि पुर्याउने, थापाले भने । पदमार्गहरु खुम्चिएका छन्, नयाँ रुट चाइएको छ यस विषयमा सरकार गम्भिर छ ।
मन्त्री थापाले पर्यटन क्षेत्रका लागि बजेट अपर्याप्त रहेको बताए ।
गण्डकी प्रदेशको पहिलो प्राथमिकता पर्यटन हो भनेर भनिन्छ थापाले भने, १ दशमलब ८२ प्रतिशत पर्यटन पूर्वाधारमा बजेट छ, अवस्थ यस्तो छ । थोरै बजेट हुदाँ हुदैँ पनि हामीले पर्यटकीय पूर्वाधार निर्माण गर्न, नयाँ पर्यटकीय गन्तब्य कसरी खोजि गर्न सकिन्छ भनेर सोँचीरहेका छौँ ।
थापाले ‘भ्यु फेवा, राउण्ड फेवा’ पनि सरकारको प्राथमिकतामा रहेको बताए ।
लेकसाइडमा आइसेके पछि पर्यटकहरुलाई कमसेकम फेवामा राउण्ड लगाउने पदमार्ग कसरी बनाउन सकिन्छ, एक दिन भए पनि फेवालाई राउण्ड लगाएर कसरी समय विताउन सकिन्छ त्यो विषयमा पनि प्रदेश सरकारले सोँचेको छ । पोखरालाई पर्यटकिय हब बनाउन सकिन्छ भनेर एकातर्फ काम भइरहेको छ भने अर्को तर्फ फेवा ताललाई कसरी व्यवस्थित बनाउने भन्ने छ, थापाले भने ।
उनले धार्मीक गुरुहरुलाई बोलाएर धार्मीक पर्यटन प्रवद्धनमा काम गर्न सरकारले सोँचेको सुनाए ।
मन्त्री थापाले तीनै तहका सरकारबिच समन्य गरेर विकास निर्माण गरिनुपर्नेमा जोड दिए । भन्नमा संविधानमा ‘तीन वटा सरकार भन्ने हिड्ने बेला तीन तिर हिड्ने’ हो भने न सरकारले गति लिन्छ न संघीयताको मर्म रहन्छ । प्रदेशले संघ र स्थानीय तहसंग समन्यको भूमिका खेल्नुपर्ने उनले बताए ।