बागमती प्रदेश सभाको अवरोध खुलाउन आज सर्वदलीय बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

बागमती प्रदेशसभा बैठक सञ्चालनका आइतबार सर्वदलीय बैठक बस्दै छ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

गत असार २२ गते बजेट पारित गरेपछि बागमती प्रदेश सभाको बैठकको मिति तोकिए पनि बस्न सकेको छैन ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमा विपक्षी दलहरूको माग सम्बोधन गर्ने सहमति गरे पनि पालना नगरेको भन्दै प्रदेश सभा बैठकमा अवरोध गर्दै आएको छ ।

सरकारले बजेट पास गर्ने वेलामा विपक्षी दलहरूका मागलाई बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरेको तर, अहिलेसम्म त्यस विषयमा कुनै पनि निर्णय नगरेको भन्दै एमाले असन्तुष्ट छ ।

  • २४ भाद्र २०८०, आईतवार ०९:१५ प्रकाशित