राप्रपा बार्गेनिङ गरेर सत्तामा जादैँन : अध्यक्ष लिङ्देन

केन्द्रभाग मिडिया

File photo

सुर्खेत ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ताकेन्द्रित राजनीति नगर्ने बताएका छन् । सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटमा अध्यक्ष लिङ्देनले राप्रपाले पदको बार्गेनिङ गरेर सत्तामा नजाने बताएका हुन् ।

‘राप्रपा बाहिर बसेर भ्रष्टाचारविरुद्ध दरिलो खम्बा भएर उभिन सक्छ तर पदको लोभले सत्ताको राजनीति गर्दैन । सरकारलाई राप्रपाले समर्थन मात्र होइन सरकारलाई अप्ठेरो पर्दा समर्थन र सत्ता टिकाउन पनि सहयोग गर्छ, उनले भने ।

सुर्खेतमा हुने कार्यक्रर्ता प्रशिक्षणका लागि अध्यक्ष लिङ्देनसहितका नेताहरू आज सुर्खेत गएका हुन् ।

  • २२ भाद्र २०८०, शुक्रबार १६:५१ प्रकाशित