एमाले लुम्बिनी प्रदेश अधिवेशन

सकियो मतदान, १ हजार चारमध्ये ९६५ मत खस्यो

केन्द्रभाग मिडिया

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको क्रम सकिएको छ । मतदानमा १ हजार चारमध्ये नौ सय ६५ मत खसेको निर्वाचन समितले जानकारी दिएको छ ।

मंगलबार बिहान पौने नौ बजेबाट सुरु भएको मतदान दिउँसो पौने ३ बजे सकिएको निर्वाचन समिति सदस्य विष्णुप्रसाद खनालले जानकारी दिए ।अधिवेशनमा एक हजार ४ जना मतदाता रहेका थिए । मतदान सकिएसँगै केहीबेरमा मतगणना हुने जनाइएको छ ।

मतदान सकिएपछि मुचुल्का उठाएर मतगणना प्रक्रिया सुरु गर्ने निर्वाचन मण्डलले जनाएको छ । प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । कँडेल पाल्पाका हुन् भने, रिजाल प्युठानमा हुन् । पदाधिकारी र सदस्यसहित २०५ को प्रदेश कमिटीका लागि ३६४ जना प्रतिस्पर्धामा उत्रेका थिए ।

  • १९ भाद्र २०८०, मंगलवार १५:२८ प्रकाशित