ललिता निवास प्रकरण

आज ४ जना सरकारी वकिलले बहस गर्ने, प्रतिवादी तर्फको बहस पनि आजै सुरु हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

ललिता निवास प्रकरणमा आज (सोमबार) चारजना सरकारी वकिलले बहस गर्ने भएका छन् । सरकारको तर्फबाट ४ जनाले बहस गर्न लागेको बताइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता बासुदेव शर्मा र जनक घिमिरेसहित चारजनाले बहस गर्ने उपन्यायाधीवक्ता रमेश भट्टराईले जानकारी दिएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको ईजलासमा आइतबार सहायक जिल्ला न्यायाधीवक्ता चन्द्र संजेल, दिनेश भट्टराई, जिल्ला न्यायधीवक्ता महेश प्रसाद खत्री र उप–न्यायाधीवक्ता रमेश भट्टराईले बहस गरेका थिए ।

लिखत किर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको मुद्दामा सरकार पक्षको बहस सकिएपछि सोमबार नै प्रतिवादीको तर्फबाट बहस शुरु हुनेछ । न्यायाधीश ढकालले प्रतिवादीहरुलाई पनि बहसको लागी तयार हुन भनेका छन् । सरकार पक्षको बहस सकिएपछि प्रतिवादी शिवजी भट्टराईको तर्फबाट बहस शुरु हुनेछ ।

  • १८ भाद्र २०८०, सोमबार ०९:२६ प्रकाशित