बारले आइतबार पनि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन प्रयास गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

आइतबार पनि नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भएका छन् । दुई साता देखि आन्दोलनरत बारले आज जबरालाई सर्वोच्च अदालत छिर्न नदिन मुलगेटमै धर्ना दिएता पनि उनी वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए ।

धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि धर्ना दिने बताए ।

आफूहरु सडकमा जान नचाहेको, तर सर्वोच्च प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर गेट बन्द गरेका कारण सडकमा धर्ना दिनुपरेको उनले बताए ।

  • २६ कार्तिक २०७८, शुक्रबार १३:२४ प्रकाशित