काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालत प्रवेश गरेका छन् ।
कानुन व्यवसायीहरुले मूल गेटमा उनलाई रोक्न आन्दोलन जारी राखेका बेला अर्कै गेट प्रयोग गरी साइरन बजाएर सर्वोच्च अदालत प्रवेश गरेका हुन् ।
कानुन व्यवसायीहरुले हुलदंगा गरेपछि प्रधानन्यायाधीश राणा चोरबाटो प्रयोग गरेर सर्वोच्च प्रवेश गरेको आन्दोलनमा सहभागी एक अधिवक्ताले लोकपथलाई जानकारी दिए ।
‘प्रधानन्यायाधीश राणा अर्को गेटबाट साइरन बजाउँदै चोरबाटो प्रयोग गरी सर्वोच्च प्रवेश गरेका छन्’, उनले भने ।
उनका अनुसार प्रधानन्यायाधीश राणा केही बेरअघि १०ः५५ बजे महान्यायाधीवक्ताको कार्यालयको गेटबाट प्रवेश गरेका हुन् । यता नेपाल बार एसोसियसनको अगुवाइमा मूल गेटमा कानुन व्यवसायीहरुले धर्ना जारी राखेका छन् ।