प्रधानमन्त्रीको आसन्न चीन भ्रमण

पोखरा विमानस्थलबाट सिधै चीन उडान, रुइला र कोरला नाका खोल्ने एजेण्डा

केन्द्रभाग मिडिया

पोखरा ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणको क्रममा पोखरा विमानस्थलबाट चीनका विभिन्न सहरमा उडानका लागि चीनसंग छलफल गरिने बताएका छन् ।

यस सम्बन्धमा आसन्न चीन भ्रमणका लागि एजेण्डा तय भएको उनले बताए । समाजवादी मोर्चाको पोखरामा भएको सभालाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘एउटा एजेन्डा हामीले निकै जोड दिएका छौँ पोखरा एयरपोर्ट र लुम्बिनी एयरपोर्ट संचालन गर्ने, सिधै चीनका विभिन्न सहरबाट नियमीतरुपमा जाहाज ल्याउने कनेक्टीभिटिका वारेमा पनि यसपटक छलफल गर्ने छौँ,’ प्रचण्डले भने । यसले पर्यटन क्षेत्रलाई ठुलो मद्धत पुग्ने प्रचण्डले विश्वास व्यक्त गरे ।

चीन भ्रमणका क्रममा भौतिक पूर्वाधारसंग सम्बन्धीत काम अगाडी बढाउने प्रचण्डले बताए । उनले सुदुरपश्चिम प्रदेशमा हिल्सा–सुर्खेत सडक निर्माणका लागि प्राथमिकताका साथ विषय उठान गरिने बताए । यो सडक निर्माणले सुदुरपश्चिम र कर्णाली प्रदेशको जनजिवनलाई ठुलो प्रभाव पार्ने उनको भनाई थियो ।

प्रचण्डले गण्डकी प्रदेशका दुइ महत्वपूर्ण नाका संचालनका लागि पनि चीन भ्रमणमा एजेन्डा बन्ने बताए । मुस्ताङको कोरला नाका र गोर्खाको रुइला नाका यो पटक खोलिने प्रचण्डले बताए ।

प्रचण्डले ट्रान्समिसन लाइन निर्माण वारे पनि चीन भ्रमणको एजेन्डा रहेको बताए । चीनसंग पनि विधुत व्यापार गर्न सक्नेगरी रसुव नाकाबाट क्रस बोडर ट्रान्समिसन लाइन वारे चीनसंग छलफल गर्ने गरी तयारी गरिएको छ, यसमा चीन पनि सकारात्मक रहेको छ, उनले भने ।

पूर्वमा किमाङथाङका नाकाबाट ट्रान्समिसन लाइन खोल्ने वारे पनि छलफल हुने उनले बताए । जसको कारण चिनसंग पनि सन्तुलित तवरले नेपालको आर्थिक विकास र आर्थिक गतिबिधिका लागि ठुलो मद्दत पुग्ने छ, उनले भने ।

  • १५ भाद्र २०८०, शुक्रबार १८:५६ प्रकाशित