काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले इतिहासममै पहिलो पटक क्रियाशील सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गर्दैछ ।
त्यसका लागि यही मंसिर ३ देखि महाधिवेशन प्रतिनिधिको चुनाव गर्ने भएको छ । मंसिर ३, ४ र ५ गते महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने राप्रपाले जनाएको छ।
राप्रपाले कात्तिक २८ भित्र सक्रिय सदस्यताको शूल्क तिर्न पनि निर्देशन दिएको छ। शूल्क नतिरे सक्रिय सदस्यता स्वतस् खारेज गरिदिने चेतावनी पार्टीको छ।
साथै कात्तिक ३० मा सक्रिय सदस्यको सूची जिल्लाहरूमा पुग्ने भएको छ। सक्रिय सदस्य सूचीमा मंसिर १ र २ मा दाबी विरोध गर्न पाइनेछ।
राप्रपाको महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।