काठमाडौँ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमा चरित्रहत्याको दुष्प्रयास भएको भन्दै साइबर ब्युरोमा जाहेरी दिएका छन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवका निजी सचिव महेश चौरसियाले उनको आधिकारिक प्रमाणित फेसबुक पेज नियमित सञ्चालन भएको अवगत गराउँदै उनले साइबर ब्युरो, भोटाहिटीमा अभद्र एवम् अश्लील कार्यमा सङ्लन्न दोषीमाथि यथाशीघ्र कारबाही प्रक्रिया बढाउन निवेदन दिइएको जानकारी दिए ।
‘मा। उपेन्द्र यादव’ ज्यूको नाम, थर र तस्बिर प्रयोग गरी कुनै अज्ञात व्यक्तिरसमूहले सामाजिक सञ्जाल फेसबुकमा फेक पेजको आइडी बनाइ भदौ १३ गते बिहान उक्त पेजको स्टोरीमा अपरिचित महिलाको अश्लील फोटो अपलोड गरेर चरित्रहत्याको दुष्प्रयास भएको विज्ञप्तिमा उल्लेख छ ।













