काडमाडौँ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलसहितका नेताहरू चीन भ्रमणम जाने भएका छन् ।
‘महासचिव शंकर पोखरेलको नेतृत्वमा पार्टीका नेताहरू चीन भ्रमणमा जान लाग्नु भएको हो । यसअघि बसेको २४ औं सचिवालय बैठकले नै भ्रमणको स्वीकृति गरिसकेको छ,’ पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने ।
भ्रमण टोलीमा को–को जाने भनेर टुंगो लाग्न बाँकी रहेको उनले बताए ।
एमाले नेताहरू चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागको निम्तोमा चीन जान लागेका हुन् । उनीहरू आगामी शनिबार ग्वान्जाओ हुँदै बेइजिङ पुग्ने तयारी छ ।













