पोखरा ।
मानवअधिकारवादी नेता टेकनाथ बरालको निधन भएको छ । मंगलबार पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर–७ का स्थायी वासिन्दा हुन् । बराल स्वतन्त्र वामपन्थी नेताका रुपमा पनि परिचित थिए ।
उनको जन्म विक्रम संवद १९९६ सालमा भएको थियो । बरालको परिवारमा श्रीमती, छोरा र तीन छोरी छन् ।













