पोखरा।
२२ औँ आहा रारा गोल्डकपको आयव्यय सार्वजनिक भएको छ । आयोजक सहारा क्लबले आज(मंगलबार)पत्रकार सम्मेलनको आयोजना गरि गत वर्ष पौष १४ देखि २३ गतेसम्म पोखरा रंगशालामा भएको फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको हो ।
क्लबका अध्यक्ष हरिराम गुरुङ सुरजले सो प्रतियोगिताबाट कुल ३ लाख १८ हजार ६ सय ५७ रुपैयाँ बचत भएको जानकारी दिएका छन् ।उनका अनुसार प्रतियोगितामा प्रवेश शुल्कबाट १७ लाख ८६ हजार ९ सय ३० रुपैयाँसहित कुल आम्दानी ९४ लाख ६५ हजार ६ सय २६ रुपैयाँ भएको थियो भने खर्च ९१ लाख ४६ हजार ९ सय ६९ भएको थियो ।
कुल १० टिमको प्रतिस्पर्धा रहेको सो प्रतियोगिताको उपाधि संकटा क्लब काठमाडौंले जितेको थियो ।