कांग्रेस महाधिवेशन: सभापति देउवाले बोलाए आफूनिकट नेताको बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको तयारीका लागि आफूनिकट नेताहरुसँग छलफल थालेका छन् ।

देउवाले आफ्नो समूहमा रहेका नेतालाई आज बालुवाटारमा बोलाएर छलफल गदै छन् । मंसिर महिनामा महाधिवेशन गर्ने गरि कांग्रेसले निर्वाचन कार्यतालिका बनाएको छ । पौडेल समूहले पटकपटक छलफलमा बसे पनि देउवाले भने महाधिवेशनको तयारी छलफल थालेका थिएनन् ।

बैठकमा उपसभापति विमलेन्द्र निधि, अर्का उपसभापति विजयकुमार गच्छदार , महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महतलगायत नेताहरु छलफलमा बोलाइएको देउवा निकट स्रोतले बतायो । बालुवाटरामा छलफल हुने छ ।

  • २५ कार्तिक २०७८, बिहीबार १५:१३ प्रकाशित