पोखरा । नेकपा (एमाले) निकटको विद्यार्थी संगठन अनेरास्ववियुले पोखरामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ ।
बिहीबार बिहान पृथ्वीनारायण क्याम्पस परिसरमा अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, मन्त्रीहरूको अभिव्यक्ति तथा महँगीको विरोधमा प्रदर्शन गर्दै पुतला दहन गरेको हो ।
अनेरास्ववियु गण्डकी संयोजक प्रकाश पौडेलको नेतृत्वमा कास्कीका अनेरास्ववियु कार्यकर्ता नाराबाजीसहित प्रदर्शनमा उत्रिएका थिए ।
संयोजक पौडेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसहित मन्त्रीको अभिव्यक्ति र महँगीले जनता मारमा परेको भन्दै त्यसको विरोधस्वरूप प्रदर्शन र पुतला दहन गरिएको जानकारी दिए ।