सत्ता गठबन्धनले प्रदेशमा सत्ता कब्जा गर्न खोज्यो : ओली

केन्द्रभाग मिडिया

विराटनगर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले फोहोरी खेल खेलेको बताएका छन् । प्रदेशमा सरकार पक्षबाटै लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको उनको टिप्पणी छ ।

नेकपा एमालेको कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेशमा बलमिच्याइँ भएको बताए ।

‘कोशी प्रदेशमा गठबन्धनको नाममा पटकपटक लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको छ, बलमिच्याइँ गरेर फोहोरी राजनीति गरिरहेका छन्’, ओलीको भनाइ थियो ।

प्रदेशमा गठबन्धनले संविधान मिच्दा केन्द्रको गठबन्धन चुपचाप रहेको बताउँदै ओलीले भने, ‘अदालतले सरकार गठन अवैध भनिसकेको छ उनीहरू अझै यसलाई स्वीकार्न तयार देखिँदैनन् ।’

गठबन्धनले प्रदेशमा सत्ता कब्जा गर्न खोजेको ओलीको आरोप छ ।

  • १० भाद्र २०८०, आईतवार १६:४० प्रकाशित