रेवान पोखराको २९ औं वार्षिक साधरण सभा सम्पन्न

केन्द्रभाग मिडिया

रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराको २९ औं वार्षिक साधरण सभा कार्यक्रम २०८० भाद्र ८ गते होटल माउण्ट कैलाश रिसोर्ट लेकसाइड पोखरामा भव्य रुपमा सम्पन्न भएको छ ।

उक्त सभामा रेबान पोखराको कार्य नीति विवरण तथा प्रतिवेदन आर्थिक वर्ष २०७९-०८० को प्रगति विवरण एवं २०८०-०८१ को प्रस्तावित कार्यक्रमहरु रेवान पोखराका महासचिव विकास भट्टराईले गरेका थिए ।

कार्यक्रममा पर्यटकीय नगरी पोखरामा रेष्टुरेण्ट तथा बारहरुको व्यवसायीक हक हित संरक्षण, प्रर्वद्धन तथा संर्वद्धनका लागी खोलिएको मुनाफा रहित सामाजिक संस्था रेवा आज २९ औं वर्षमा प्रवेश गर्न सफल भएको हो ।

रेवान पोखराले विभिन्न कठिन परिस्थितीहरु पार गर्दै पर्यटन प्रर्वद्धनका कार्यहरु जस्तै पोखरा सडक महोत्सव, विश्व पर्यटन मिनी सडक महोत्सव, होली महोत्सव, जस्ता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको र साथै व्यवसायमा कार्यरत कर्मचारीहरुलाई दक्ष तथा सिप प्रदान गर्न, विभिन्न तालिम तथा गोष्ठीहरु आयोजना गर्दै आईरहेको छ ।

उक्त सभामा रेवान पोखराले पर्यटन विषयमा निम्न अनुसार व्यक्त गर्नुभएकोमा पर्यटन, कृर्षि र उर्जा देशको अर्थतन्त्रको मुख्य मेरुदण्ड रही आएकोमा पर्यटन अन्र्तगत रेष्टुरेण्ट एण्ड वारको उल्लेखनिय हिस्सा चाहे रोजगारीको सन्दर्भमा होस या विदेशी मुद्रा सञ्चतीको सन्दर्भमा साथै राजस्वमा उल्लेखनीय योगदान रहेको छ ।

  • ८ भाद्र २०८०, शुक्रबार १७:०० प्रकाशित