महिलालाई ठक्कर दिने ट्रकमाथि आगजनी

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका १ मा ट्रकले ठक्कर दिँदा महिलाको ज्यान गएपछि स्थानीयले ट्रकमाथि आगजनी गरेका छन् ।

ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकको ठक्करले स्थानीय ५५ वर्षीया विमला कुमारीको ज्यान गएको हो । महिलाको ज्यान गएपछि आक्रोशित स्थानीयले ट्रकलाई नियन्त्रणमा लिएर आगजनी गरेका छन् ।

ट्रकले ठक्कर दिएपछि महिला घाइते भएकी थिइन् । तर पछि ब्याक गरी किचेर मारेको भन्दै स्थानीयले ट्रकमा तोडफोड र आगजनी गरेका हुन् ।

अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ ।

  • ७ भाद्र २०८०, बिहीबार १६:२६ प्रकाशित