घुस लिएको आरोपमा नापीका अमिन पक्राउ

केन्द्रभाग मिडिया

सिराहा ।
नापी कार्यालय, लहान सिरहामा कार्यरत अमिन दिपरन्जन यादव सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

उनले जग्गाधनी पुर्जा बनाउने क्रममा १० हजार घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले घुस लिइसकेको अवस्थामा यादवलाई बुधबार पक्राउ गरेको हो

  • ६ भाद्र २०८०, बुधबार १५:५७ प्रकाशित