आक्रामक बन्दै बारः आजदेखि सर्वोच्च परिसरमै प्रदर्शन गर्ने !

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

आन्दोलित नेपाल बार एसोसिएसन आजदेखि आक्रामक बन्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको बारले आन्दोलनलाई थप चर्काउने भएको छ ।

राणाले राजीनामा दिनु साटो दिनदिनै इजलास तोकिरहेको बेला बार भने झनै रुष्ट बनेको छ ।हाल सम्म बार परिसरमै आन्दोलन गर्दै आएका उनीहरुले आजदेखि सर्वोच्च अदालतमै गई विरोध प्रर्दशन गर्ने तयारी गरेको छ ।

तर औपचारिक रुपमै सर्वोच्चमै धर्ना दिने भन्ने विषयमा छलफल भए पनि निर्णय भने भइनसकेको बारले जनाएको छ । आज बारले राणाले राजीनामा नदिएसम्म पेशी नतोक्न र इजलास नबस्न आग्रहसहित पत्र पठाउने भएको छ ।

बारले प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू, न्याय परिषद्, न्याय सेवा आयोगलाई छुट्टाछृट्टै पत्र पठाउने भएको हो ।

  • २५ कार्तिक २०७८, बिहीबार ०९:२७ प्रकाशित