नवनियुक्त प्रधानन्यायाधीशको शपथ अपराह्न ४ बजे

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ अपराह्न ४ बजेका लागि तय भएको छ । प्रधानन्यायाधीशले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार अपराह्न ४ बजे राष्ट्रपति निवास शीतल निवासमा शपथ लिइन लागिएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईका अनुसार अपराह्न ४ बजेका लागि शपथको तयारी भएको हो । गत साउन १८ गते संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठको भदौ ४ गते सोमबार संसदीय सुनुवाइ भएको थियो ।

  • ५ भाद्र २०८०, मंगलवार १४:२३ प्रकाशित