ओली भन्छन् ,‘संसद सत्तापक्षले चल्न नदिएको हो’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् आफुहरुले नभई सत्तापक्षले नै चल्न नदिएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित एक कार्यक्रममा उनले सत्तापक्षले विपक्षी दलले बोल्न थालेलगत्तै होहल्ला गरेर संसदीय अभ्यासलाई अमर्यादित बनाएको दाबी गरे । उनले संसद माओवादीको झुट, बेइमानी र फट्याइँ बोल्ने थलो बनेको बताएका छन् ।

‘हामी संसद् चलाऔं भन्ने चाहन्छौं तर, संसद् माओवादीको झुट, बेइमानी, फट्याइँ बोल्ने थलो भएको छ,’ ओलीले भने, ‘सुन भनेर पित्तल चढायो भन्ने बकवास गर्ने थलो भएको छ । नचाहिने कुरा गर्ने थलो भएको छ । संसद् भनेको जनताको समस्या र सही र सत्य ल्याउने ठाउँ हो । देशको समस्या ल्याएको ठाउँ हो । गम्भीर समस्या ल्याउने थलो हो ।’

कार्यक्रममा उनले एमालेले नभइ सत्तापक्षले संसद अवरुद्ध पारिरहेको बताए । ‘अहिले हामीले संसद् चल्न दिएन भनेर हल्ला चलाइएको छ । हामीले तस्करी रोक्न भनेका हौं,ओलीले भने ।

  • ४ भाद्र २०८०, सोमबार १६:४७ प्रकाशित