मन्त्री जुग्जालीकाे एस सय दिन : यातायात क्षेत्रमा सुधारको प्रयास

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जालीले एक सय दिनको प्रगिति विवरण सार्वजनिक गरेका छन् । शोमबार मन्त्रालयमा पत्रकार सम्मेनल गरेर मन्त्री जुग्जालीले यातायात क्षेत्रमा सुधारका प्रयास थालनी गरेको १४ बुदेँ प्रगित विवरण सर्वजनिक गरे ।

जुग्जालीले पोखरा उपत्यकामा मिटरमा ट्याक्सी संचालन ल्याउनुलाई पहिलो उपलब्धीमा समेटेका छन् । जुग्जालीकाे निर्देशन पछि भाद्र १ गते देखी पोखरामा ट्याक्सी मिटरमा संचालन आएका थिए ।

सार्वजनिक विधुतीय सवारी संचालन मापदण्ड २०८० स्विकृत भइ लागू  भएको, २० वर्षे ट्याक्सी विस्थापन हुदाँ विधुतीय भाडाका गाडी दर्ता प्रकृया सुरु भएको उनले बताए ।

यस्तै यातायात कार्यालयहरुको सेवा सुधारका लागि विभिन्न कार्यहरु भएको उनले एक सय दिनका उपलब्धीमा उल्लेख गरेका छन् ।

लाइसेन्स नबिकरणको शुल्क अनलाइनबाट तिर्ने व्यवस्था, कार्यालयहरुमा सेवाग्राहीलाई खानेपानीको व्यवस्था पनि मन्त्री जुग्जालीको सय दिनको उपलब्धीमा समेटीएको छ ।

यातायातको सेवा दिने कार्यालयलाई सेवाग्राही मैत्री कार्यालय बनाउन बिचौलीयाको अन्त्य गरिने उनले योनजा सुनाए । त्यसका लागि सेवाग्राहीहरुको भिड लाग्ने यातायात कार्यालयहरुमा हेल्प डेक्स खडा गरी सेवाग्राहीलाई आवश्यक सहयोग कर्मचारीले नै गरिदिने तयारी अन्तिम चरणमा पुगेको छ ।

यातायात व्यवस्था कार्यालय बागलुङमा २०६९ साल देखी रोकिएको चारपाङ्ग्रे सवारीको सवारी चालक अनुमतिपत्र(लाइसेन्स) को ट्रायल परिक्षा संचालन गर्नका लागि तयारी भइरहेको उनले बताए । त्यसका लागि  ट्रायल सेन्टर छनोट भई भदौ ५ गते संझौता गर्ने तयारी रहेको छ । यसबाट कास्कीको यातायात कार्यालयमा सेवाग्राहीको चाप घटेर भिडभाड कम हुने र साविकको धौलागिरी क्षेत्रका सेवाग्राहीलाई सहज सेवा प्राप्त गर्ने जुग्जालीले विश्वास व्यक्त गरे ।

यातायात व्यवस्था कार्यालय (लाइसेन्स) कास्कीमा चारपाङ्ग्रे ट्रायल परिक्षामा डटसन गाडीले मात्र ट्रायल दिनुपर्ने बाध्यकारी व्यवस्थालाई परिवर्तन गरी अरु गाडीबाट पनि ट्रायल दिन पाउने व्यवस्था गरिएको जुग्जालीले बताए ।

यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीमा दर्ता भएका सवारी साधनहरुको ढड्डा तथा फाइलहरु स्क्यान गरी सम्पूर्ण विवरण डिजिटल गरिएको र सेवालाई प्रविधि मैत्री बनाउदै लगिएको छ ।

यस्तै मन्त्रालयले यातायात सेवालाई सेवाग्राही मैत्री बनाउन यातायात सेवा ऐन संशोधन तथा नियमावली र कार्यबिधि निर्माण भइरहेको जगग्जालीले बताए ।

मन्त्री जुग्जालीले भौतिक पूर्वाधार तर्फ ५ बुदाँमा उपलब्धी सार्वजनिक गरेका छन् । चालु आर्थिक वर्षमा टुक्रे योजनालाई कटौती गरी ३० लाख भन्दा योजना समावेस गरिएको । गत आर्थिक वर्षमा एक हजार आठ सय योजना रहेकोमा चालु आर्थिक वर्षमा ११ सयमा घटाइएको छ । विगतमा ठेक्का लागेर निरन्तर काम भइरहका योजनालाई प्रयाप्त बजेटको व्यवस्था गरिएको जुग्जालीले बताए ।

वर्षातको समयमा पनि नियमीत यातायता सेवा संचालन गर्न आपतकालीन सडक मर्मत कोष खडा गरी सडक मर्मत सम्भार छिटोछरीतो बनाइएको छ । उनले मन्त्रालयमा रुग्ण अवस्थामा रहेका ४७ वटा योजनालाई समन्वय र सहजिकरण गरी निर्माण प्रकृयामा लगिएको बताए । अझै १७ वटा योजना रुग्ण अवस्थामा रहेको उनले जानकारी दिए ।

चालु आर्थिक वर्षमा तीन सय किलोमिटर सडक कालोपत्रे, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण गर्ने मन्त्रालयको लक्ष्य रहेको छ ।

  • ४ भाद्र २०८०, सोमबार १८:०२ प्रकाशित