ललिता निवास जग्गा प्रकरण

सीआईबीले माधव नेपाल र बाबुराम भट्टराईसँग पनि लियो बयान

केन्द्रभाग मिडिया

काठमाडौँ ।

ललिता निवास जग्गा घोटाला प्रकरणमा अनुसन्धान व्यूरो (सीआईबी) ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग पनि बयान लिएको छ ।

सीआईबीकी प्रमुख आईजी किरण बज्राचार्यले नेपाल र भट्टराईसँग पनि बयान लिइएको जानकारी दिइन् । सीआईबीले साउन २८ मा पूर्व मुख्य सचिव लीलामणि पौड्यालसँग बयान लिएको थियो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौड्याल मुख्य सचिव थिए ।

सीआईबीको टोलीले भट्टराईसँग हिजो (आइतबार) साँझ बयान लिएको हो ।

यसअघि दुई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र माधव नेपालको बयान नै नलिई छानबिन प्रतिवेदन बुझाउने तयारी गरिएको थियो । सीआईबीको यस कदमको चौतर्फी आलोचना भएको थियो ।

  • ४ भाद्र २०८०, सोमबार १४:५० प्रकाशित