कोशीका मुख्यमन्त्री संकटमा, उपसभामुख प्रदेश छाडेर काठमाडौमा

केन्द्रभाग मिडिया

विराटनगर ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक छलेर कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौँ लागेकी छन्।

त्यहाँका तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएका कारण उपसभामुख दनुवारले प्रदेशसभाको बैठक सञ्चालन गर्नुपर्ने थियो ।

तर आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाएर उपसभापति दनुवार काठमाडौं लागेकी हुन् ।

यस्तै मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने भएपछि विपक्षी दलहरू नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजै आफ्ना सांसदहरूलाई बिदामा राखिसकेको छ ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपसभामुख दनुवार बिहान ८ बजेको फ्लाइटमा काठमाडौं गएको बताए । उनका अनुसार कांग्रेस सांसद इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएर दनुवार काठमाडौं गएकी हुन् ।

मन्सुरीले बैठक सञ्चालन गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउँदैनन् । किनकी ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनसँग कठिन बहुमत (४७ मत) मात्रै छ ।

योसँगै मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यक्रम अन्योलमा परेको छ ।

  • ४ भाद्र २०८०, सोमबार ११:२२ प्रकाशित