सुन तस्करण प्रकरण : पक्राउ परेका ४ चिनियाँको साथबाट भेटियो नेपाली नागरिकता

केन्द्रभाग मिडिया

काठमाडौँ ।

हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकको साथबाट नेपाली नागरिकता भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ को हिरासतमा रहेका चारजना चिनियाँले नेपाली नागरिकता लिएको भेटिएको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिएका छन् ।

कडायतको अनुसार एकजनाले काठमाडौँबाट र ३ जनाले काभ्रे जिल्लाबाट नागरिकता लिएको फेला परेको हो । डीआईजी कडायतका अनुसार चिनियाँ नागरिक लि–नेङकाईले काठमाडौँबाट सोनाम लामाको नाममा नागरिकता लिएको भेटिएको छ । लि–नेङकाई ३१ साउनमा पक्राउ परेका हुन् ।

दावा छिरिङको साथमा ११८६५ नम्बरको नेपाली नागरिकता फेला परेको छ । छिरिङले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएको खुलेको छ । तस्करीमा संलग्न डिङ सेग्फा र ली वेन सुङको साथमा पनि नेपाली नागरिकता भेटिएको छ ।

सुन तस्करीको आरोपमा पक्राउ गरिएका एकजना चिनियाँसँग भारतीय आधार कार्ड फेला परेको छ ।

  • ३ भाद्र २०८०, आईतवार १५:२६ प्रकाशित