प्रदेश सभा सदस्यले उठाएका जनसरोकारका विषय सरकारले वेवास्ता गर्यो : सीता सुन्दास

केन्द्रभाग मिडिया

पोखरा ।
पूर्वमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य सीता सुन्दासले सरकारले प्रदेश सभामा उठेका विषयलाई वेवास्ता गरेको बताएकी छन् । आइतबारको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै सुन्दासले सरकार प्रदेश सभा प्रति जिम्मेवार नबनेको आरोप लागाइन् ।

माननीय ज्यूहरुमार्फत असाध्यै महत्वपूर्ण विषयहरु सदनमा उठ्ने गरेका छन्, तर, हामीले उठाएका विषयहरुको तत्कालीन समाधान गर्नुपर्ने कुराहरुमा सरकारको ध्यान कति रहयो ती विषयहरुलाई सम्बोधन गर्ने गरी कामहरु के–के भए, उनले भनिन् सदनले जानकारी पाउन सनेको छैन ।

यस्ता महत्वपूर्ण कुराहरु उठानको लागि मात्र होइन भन्ने कुरा सभामुख मार्फत सरकारको ध्यानकर्षण गराउन चाहन्छु । यी उठेका प्रश्नहरुको काम गर्ने सन्र्दभमा सरकारले विशेष ध्यान दिनपर्यो, महत्वका साथ हेर्न पर्यो, सुन्दासले भनिन् ।

  • ३ भाद्र २०८०, आईतवार १५:३४ प्रकाशित