संसद अवरोध हटाउन सहमति गर्नुको विकल्प छैन : सभामुख घिमिरे

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभाको अवरोध खुलाउने बिषयमा सभामुख देवराज घिमिरेले बिभिन्न दलहका प्रमुख सचेतकहरुसँग आज गरेको छलफलमा सहमति जुट्न सकेन ।

सभामुख घिमिरेले संसद अवरोध खुलाउने बिषयमा संसदमा प्रतिनिधित्व गर्ने बिभिन्न दलहका प्रमुख सचेतकहरुसँग संसद् बैठक बस्नु अघि छलफल गरेका हुन् ।

प्रतिनिधि सभाको आजको बैठक बस्नु अघि सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने बिभिन्न राजनीतिक दलका सचेतकहरसँग छलफल गरेका हुन् ।सभामुख घिमिरेले संसदको अवरोध खुलाउन राजनीतिक दलहरुबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताएका छन् ।

सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले संसदको अवरोध हट्ने कुरा सुन तस्करीको छानबिन गर्नको लागि उच्चस्तरीय छानबिन समिति बनाउनेकुरामा अड्किएको बताए ।

सभामुख घिमिरेले प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउन सरकारलाई आदेश नदिएको आरोप लगाएको बताए। उनले दलहरुको बीचमा समझदारीको वातावरण बन्नसके संसद अवरोध हट्ने बताए ।

  • ३ भाद्र २०८०, आईतवार १४:५६ प्रकाशित