रसुवाबाट २ किलो सुन बरामद

केन्द्रभाग मिडिया

रसुवा ।

प्रहरीले रसुवाबाट दुई किलो सुन बरामद गरेको छ ।

नियमित चेकजाँचका क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख डीएसपी सुवास बुढाथोकीले जानकारी दिएका छन् ।

शनिबार साँझ भएको चेकिङका क्रममा शंका लागेर चेक गर्दा टिमुरेबाट स्याफ्रुवेशी गइरहेका २४ वर्षीया सुदीप शेर्पा पक्राउ परेका थिए । उनलाई त्यो सुन टिमुरीका फुर्साङ्बु शेर्पाले दिएको पाइएपछि शेर्पालाई पनि पक्राउ गरिएको बुढाथोकीले बताए ।

बरामद सुन काठमाडौं लैजान लागिएको खुलेको छ ।

  • ३ भाद्र २०८०, आईतवार १४:१० प्रकाशित