फेसबुकमा भावुक स्टाटस लेखेर वडाध्यक्षले गरे आत्महत्या

केन्द्रभाग मिडिया

गुल्मी ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मृत फेला परेका छन् ।

वडाध्यक्ष मोहन घिमिरेले शनिवार बिहान करिब ५ बजे आसपास फेसबुकमा स्टाटस लेखेका थिए।

घिमिरेले ‘परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिता साथ निभाउन सकेन । मलाई माफ गरे। घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा ।’ भन्दै फेसबुकमा लेखेका थिए ।
उनलाई घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

शुक्रवार अपराह्न घरबाट निस्केका घिमिरे रातभर घर नफर्केको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत थिए ।

  • २ भाद्र २०८०, शनिबार १२:१६ प्रकाशित