२४ घण्टामा ६ संक्रमितको मृत्यु, ४४० जनामा संक्रमण पुष्टि

केन्द्रभाग मिडिया

काठमाडौं।

पछिल्लो २४ घण्टामा देशभर ६ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार आज ज्यान गुमाएकासँगै हाल सम्म देशभर ११ हजार ४६० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सोही समयमा ६ हजार ८ सय १४ जनामा गरिएको नमुना परिक्षणमा ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ४७४ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ७५९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९७९ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ७ लाख ९६ हजार ७८० निको हुनुका साथै हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ जना रहेको छ ।

  • २४ कार्तिक २०७८, बुधबार १६:२१ प्रकाशित