अभ्यासका क्रममा ढलेका फिफा सहायक रेफ्री विक्रम चौधरीको निधन

केन्द्रभाग मिडिया

काठमाडौं ।

फिफा सहायक रेफ्री विक्रम चौधरीको निधन भएको छ । नियमित प्रशिक्षणका क्रममा आज शुक्रबार बिहान ढलेका ४० वर्षीय चौधरीको उपचारको क्रममा ज्यान गएको बताइएको छ ।

मैदानमा ढलेका चौधरीलाई नेपाल आर्मीको स्वास्थ्य टोलीले तत्कालै सीपिआर दिएका थिए । चौधरी आर्मीका कर्मचारी पनि हुन् । सर्लाही स्थायी घर भएका चौधरी सन् २०२० मा फिफाको असिस्टेन्ट रेफ्री बनेका थिए ।

चौधरीको दुई वर्षअघि फिफा रेफ्री लव खत्री पनि नियमित अभ्यास गरेर घर फर्किएको अवस्थामा कोठामा मृत भेटिएका थिए । उनको पनि हृदयघातका कारण निधन भएको बताइएको थियो ।

  • १ भाद्र २०८०, शुक्रबार १५:४१ प्रकाशित