स्टेप बाई स्टेप मा. वि.मा वक्तृत्व कला प्रतियोगिता

केन्द्रभाग मिडिया

विद्यार्थीको वाककलाको अभिवृद्र्धि गर्ने उद्धेश्यले स्टेप वाई स्टेप मा. वि. मासबार, पोखरामा कक्षा ९ र १० का विद्यार्थीहरु विच नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

विद्ययालयका प्रचार्य निर्मला बरालले मन्तव्य राख्दै विद्यार्थीको वाककला र आत्मबल वृद्धिका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । कार्यक्रमले विद्यार्थीहरूको सक्रियता र भाषिक शुद्धातामा अभिवृद्धि गर्नेमा फलदायी हुने कुरा व्यक्त गरे ।

विद्यालयका सह प्राचार्य दीपक गिरीले विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले यस्ता कार्यक्रमहरु गर्दै आएकाले विद्यार्थीहरूले पनि सहभागिता जनाई आपूmमा आत्मविश्वास बढाउन आह्वान गरे ।

२५ जना विद्यार्थीले भाग लिएको उक्त प्रतियोगितामा ज्वाला पाठक प्रथम हुन सफल भएकी छिन् भने अनमोल खड्का द्वितीय, जेनिफर चौधरी तृतीय र एलिना रसाइली चतुर्थ हुन सफल भएका छन् ।

प्राचार्य निर्मला बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख युवराज लामिछानेले गरेका थिए भने मूल्याङ्कन सूर्यप्रसाद लम्साल र सुशीला पौडेलले गरेका थिए ।

  • ३२ श्रावण २०८०, बिहीबार १६:५५ प्रकाशित