आज तीन संसदीय समितिको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

बिहीबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

बैठकमा पशु चौपायामा देखापरेको लम्पी स्कीन रोगको रोकथाममा भएको प्रभावकारिता, समस्या र समाधानका सम्बन्धमा माननीय कृषि तथा पशुपंछी विकास मन्त्री, मन्त्रालयका सचिव लगायतका पदाधिकारीसँग समितिमा छलफल गर्ने कार्यसूचि छ ।

यसैगरी बिहान ११ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा १६ औं योजनाको अवधारणा पत्र र उक्त योजनामा दिगो विकास लक्ष्यको अन्तरआवद्धता, एलडिसी ग्रेजुएशन स्टाटेजी र हाइ लेभल पोल्टिकल फोरमको सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल हुनेछ ।

  • ३२ श्रावण २०८०, बिहीबार १०:०६ प्रकाशित