धनगढी ।
कञ्चनपुरमा सेप्टिक ट्याङ्कीमा फस्दाँ जंगली हात्तीको मृत्यु भएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको शुक्लाफाँटा नगरपालिका-७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्ट्यान्कीमा परेको अवस्थामा हात्ती मृत भेटिएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोरकुमार मेहताले हात्तीको पछाडिको शरीर सेप्टिक ट्याङ्कीमा परेको अवस्थामा मृत भेटिएको जानकारी दिएका छन् ।














