पूर्वराजा शाहलाई देउवाको चुनौति: ‘गणतन्त्रबिरुद्ध नलाग्नुस्, शासन गर्ने भए चुनाव लडेर आउनु’

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वर्तमान शासन व्यवस्थाबिरुद्ध नलाग्न आग्रह गरेका छन् ।

बुधबार गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यदी शासन गर्ने भए चुनाव लडेर आउन चुनौति दिए ।

प्रजातान्त्रिक मुलुकमा चुनाव जितेर नेतृत्वमा आउन सकिने सुविधा रहेको समेत देउवाले बताए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भने,, ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ। तर वर्तमान शासन व्यवस्था विरुद्ध नलाग्नुस्।’

संविधानमा केही त्रुटिहरु भए बरु आगामी दिनमा सच्याउँदै जान सकिने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

  • २४ कार्तिक २०७८, बुधबार १२:४४ प्रकाशित