सरकारले सुनिल शर्माप्रति प्रतिशोध साँध्यो : कांग्रेस

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसद सुनिल शर्मा पक्राउ गरेको विषय प्रवेश गरेको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा सांसदहरूले सांसद शर्मालाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै विरोध गरेका छन् ।

कांग्रेस सांसदहरूले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री र मन्त्रीहरूकै संलग्नता रहेको आशंका पैदा भइरहेकोमा घटनाक्रमले त्यसलाई थप पुष्टि गरिरहेको समेत बताएका छन् ।

सांसद प्रदीप पौडेलले दलको बैठकमा सांसद शर्मालाई पक्राउ गरिएको विषयले प्रवेश पाएको बताए । सुनिल शर्माले सुन तस्करीका विषयमा कुरा उठाइरहेकाले सरकारले त्यही कुरालाई प्रतिशोध राखेर तर्साउने प्रयास गरेको कांग्रेस सांसदहरुको आरोप छ ।

सांसद अर्जुननरसिंह केसीले सुन तस्करीको छानबिनलाई डाइभर्ट गर्न सरकारले त्यसबारे आवाज उठाइरहेका सांसद शर्मालाई पक्राउ गरेको आरोप लगाए । बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

  • २६ श्रावण २०८०, शुक्रबार १६:५५ प्रकाशित