व्यक्तिगत स्वार्थका लागि जनताले दुःख पाए, सर्वोच्चको समस्या सरकारले समाधान गर्नुपर्छः प्रकाशमान

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती । देशभर सिंहको योगदानको सम्झना गरिदैँ छ ।

जन्मजयन्तीको अवसरमा कांग्रेस नेता प्रकाशमान सिंहले सर्वोच्चको गतिरोधमा सरकार मुकदर्शक बनेर बस्न नमिल्ने बताएका छन् ।

न्यायालयभित्रको विवाद न्यायालयभित्रबाटै समाधान हुनुपर्छ भन्दै आईरहेको बेला सिंहले सरकारले नै गतिरोध अन्त्यका लागि पहल गर्नुपर्ने भन्दै सरकार तर्किन नमिल्ने बताएका हुन् ।

न्यायालयमा देखिएको समस्याको कारण जनता अप्ठ्ेरोमा परेको उनले बताए । उनले भने, ‘कुनै व्यक्तिको स्वार्थका लागि जनताले दुःख पाइरहेका छन्, संविधानको भावना र मर्म अनुसार विधिसम्मत तरिकाले यो समस्या समाधान गर्नु पर्दछ । अब यसका लागि सरकार नै अग्रसर हुनु पर्दछ ।’

  • २४ कार्तिक २०७८, बुधबार १०:१८ प्रकाशित