भैरहवा उडेको बुद्ध एयरको जहाज १३ मिनेटमै काठमाडौंमै ल्याण्ड

केन्द्रभाग मिडिया

File Photo

काठमाडौं ।

भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । जहाजको इन्डिकेटरमा समस्या आएपछि १३ मिनेटमा काठमाडौं अवतरण गरेको छ ।

उडान नम्बर ८१७ को बुद्ध एयरको जहाज १ः५३ बजे उडेको थियो । उड्दाउड्दै समस्या आएपछि १ः५३ मा काठमाडौं विमानस्थलमै ल्याण्ड भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको १३ मिनेटपछि फेरि सोही विमानस्थलमा सिंगल इन्जिनबाट ल्याण्ड भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिएका छन् ।

जहाजमा ७० जना यात्रु थिए । उनीहरुलाई अर्को जहाजमार्फत भैरहवा पठाइएको बुद्ध एयरले जनाएको छ ।

  • २५ श्रावण २०८०, बिहीबार १६:५३ प्रकाशित