काठमाडौं ।
नेकपा एमाले १०औं राष्ट्रिय महाधिवेशन नजिकिएसँगै एमालेभित्र नयाँ नेतृत्वको सरगर्मी बढेको छ । महाधिवेशनबारे छलफलका लागि मूल व्यवस्थापन समितिको बैठक आज बस्ने एमालेले जनाएको छ ।
स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ नेतृत्वको २१ सदस्यीय मूल व्यवस्थापन समितिको बैठक आज मध्याह्न १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्न लागेको हो ।
नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेसन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको छ । एमालेले महाधिवेशन मंसिर १०–१२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरिसकेको छ ।