विराटनगर ।
विराटनगर महानगरपालिका १४ मा रहेको एमएम प्लाष्टिक उद्योगमा आगलागी भएको छ ।
बुधबार बिहानको राति करिब १ बजे आगलागी भएको हो । आगलागीका कारण करिब तीन करोड बराबरको क्षति भएको प्रहरीले बताएको छ ।प्लाष्टिकका सामग्री उत्पादन गर्दै आएको उद्योगको तीन तले भवनको भुईं तलामा रहेको ‘यूपीएस रूम’मा आगलागी भएको प्रहरीले बताएको छ । आगलागीका कारण उपकरणहरु जलेका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले इन्भटरको ब्याट्री सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।














