चक्कु हानी युवकको हत्या

केन्द्रभाग मिडिया

धनगढी ।

चक्कु प्रहारबाट कैलालीमा युवाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका(१ का भूपेन्द्र बडुवालको मंगलबार राति ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले बताएको छ।

दुई समूहबीच झडप हुँदा घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।

  • २४ कार्तिक २०७८, बुधबार ०८:२३ प्रकाशित