महानगरको निर्णय

आँखा पाक्ने रोग फैलन नदिन भोलि(बुधबार) देखि पोखराका विद्यालय बन्द गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।

देशभर प्रकोपको रुपमा फैलिन थालेको आँखा पाक्ने रोगका कारण विशेष गरि स्कुले विद्यार्थीहरु प्रभावित बनेका छन् । दैनिक जसो ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस'(आँखा पाक्ने रोग) का विरामी बढ्न थालेपछि

पोखरा महानगरपालिकाले महानगर भित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।महानगरले आँखा पाक्ने रोग फैलन नदिन तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

महानगरले आज (मंगलबार)सूचना प्रकाशित गर्दै भोलिदेखि साउन २६ गतेसम्म सामुदायिक संस्थागत तथा मन्टेश्वरी विद्यालय बन्द गर्ने सूचना जारी गरेको छ । पछिल्लो समय पोखरामा पनि आँखा पाक्ने रोगका विरामी दैनिक जसो बढ्न थालेको छ ।

  • २३ श्रावण २०८०, मंगलवार १४:४७ प्रकाशित