पाण्डे नेतृत्वको गण्डकी सरकारको १०० दिन

मुख्यमन्त्री सम्मेलन, बजेट देखि डायलासिस मेसिन खरिदसम्म (पूर्ण पाठसहित)

साच्चै भन्नुहुन्छ भने बजेट नै सरकारको मुख्य उपलब्धी हो : मुख्यमन्त्री पाण्डे

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू नेतृत्वको सरकार गठन भएको १०० दिन पुरा भएका अवसरमा उपलब्धी सार्बजनिक गरेका छन् । शनिबार उनले आफू नेतृत्वको सरकारले गरेका उपलब्धी सार्वजनिक गर्दै । नीति कार्यक्रम र बजेट पास हुनु नै आफू नेतृत्वको सरकारको मूख्य उपलब्धी रहेको धारणा राखे ।

उनले आफू नेतृत्वको सरकारले गण्डकी सरकारले संक्रामक तथा सरुवा रोग अस्पताल कास्कीमा २५ शय्या क्षमताको डायलासिस केन्द्र स्थापना गरेको, मृगौलाका बिरामीले डायलासिस गर्न पालो कुर्न नपर्ने बनाउन २२ वटा डायलासिस मेसिन किनिएको र थप १५ वटा डायलासिस मेसिन खरिन गर्ने कार्यविधि पनि अन्तिम चरणमा पुगेको जानकारी दिए।

मुख्यमन्त्री पाण्डेले प्रदेशलाई अझै मजबुत बनाउन मुख्यमन्त्रीको भेला गरी १७ बुँदे धारणा सार्वजनिक गरेको र पोखरामै राष्ट्रिय समन्वय परिषदको बैठक गर्नुलाई पनि उपलब्धीमा राखेका छन् ।

त्यस्तै पशुहरुमा लाग्ने लम्पी स्किन रोग रोकथामका लागि ३३ लाख रुपैयाँको औषधी खरिद गरी जिल्लाजिल्लामा पठाएको पनि गण्डकी सरकारको १०० दिनको उपलब्धीमा राखिएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले जनजीविकाको सबालमा केन्द्रित रहेर सरकारले स्वास्थ्य, खानेपानी, सार्वजनिक सेवा, कृषि लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए । आफू नेतृत्वको सरकारले ल्याएको नीति कार्यक्रम र बजेट अनि अघिल्ला सरकारहरुले ल्याएको नीति कार्यक्रम र बजेटको तुलना गरेर सरकारको प्राथमिकता के हो भनेर हेर्न समेत उनले सञ्चाकर्मीलाई आग्रह गरेका छन् ।

हेर्न क्लिक गर्नुहोला : यस्तो छ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रस्तुत गरेको १०० दिने उपलब्धीको पूर्णपाठ

 

  • २० श्रावण २०८०, शनिबार १७:१२ प्रकाशित