प्रधानसेनापतिले शर्मा उच्चस्तरीय भेटघाटमाः नरवाणेलाई आजै भेट्ने, मोदीसँग भेटवार्ताको पहल

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारत प्रस्थान गरेका प्रधानसेनापति प्रभुराम शर्माले आजै भारतीय स्थल सेनाध्यक्ष एमएम नरवाणेसँग भेट गर्ने भएका छन् ।

भेटमा नेपाल भारतबीचको सुरक्षा लगायतका विषयमा कुराकानी हुने जनाइएको छ । साथै उनले चिफ अफ डिफेन्स स्टाफ बिपिन रावत तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटवार्ता गर्ने भएका छन् ।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भारतीय राजनीतिक नेतृत्वसँग पनि प्रधानसेनापतिको भेटका लागि कूटनीतिक पहल भैरहेको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गराउन पहल भैरहेको तर, भेट्ने निश्चित नभैसकेको उनले बताए ।

प्रधानसेनापति भएपछि हुन लागेको नेपाली सेनाका महारथी शर्मालाई बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ । शर्मा प्रधानसेनापति भएपछि भ्रमणका लागि पहिलो पटक भारत गएका हुन् ।

  • २३ कार्तिक २०७८, मंगलवार १४:१४ प्रकाशित