गुल्मीमा भीरबाट लडेर एक महिलाको निधन

केन्द्रभाग मिडिया

Dead body in a mortuary

गुल्मी ।
गुल्मीमा भीरबाट लडेर एक महिलाको निधन भएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका–४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको निधन भएको हो ।

नेपाली आफ्ना छोरीहरूसँग स्थानीय ढुङ्गेठाँटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् । करिब दुई सय मिटर तल खसेकी नेपालीको घटनास्थलमै  निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलतर्फ गएको जनाइएको छ ।

मृतकको शव घाँस काट्न गएका स्थानीय महिला मिलेर घरमा ल्याई राखिएको छ । घटनासम्बन्धी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । यो घटना बिहान ९ बजे भएको हो ।

  • १८ श्रावण २०८०, बिहीबार १५:२१ प्रकाशित