नारायणी पुलबाट नदीमा हाम फालेकी महिलाको निधन

केन्द्रभाग मिडिया

चितवन ।
नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा निधन भएको छ ।

आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

बिहान ७ः४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार उनको उपचारका क्रममा बिहान ८ः३६ मा निधन भएको हो ।

नदीमा हाम फालेकी उनको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा उद्धार गरी ल्याइएको थियो । महिलाको नाम थर र ठेगाना खुल्न सकेको छैन ।

  • १८ श्रावण २०८०, बिहीबार १२:१३ प्रकाशित