पोखरा

२०४ एम्पुल ड्रग्स,३०५ ट्याब्लेट नाइट्रोभ्याट,४७० ग्राम गाँजासहित इन्द्रपुरी टोलका दिक्षित पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा एक युवकको लागूऔषध(ड्रग्स) सहित पक्राउ परेका छन् ।पोखरा महानगरपालिका वडा नम्बार ८ इन्द्रपुरी टोल बस्ने ३७ वर्षीय दिक्षित तुलाचन ड्रग्ससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनी अस्ति आइतबार साँझ ६ बजेको समयमा पक्राउ परेका हुन् ।

उनको कोठामा खानतलासी गर्दा ८ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ, ब्रुफिनुर्फिन ६७ एम्पुल, डाईजापाम ७० एम्पुल, फेनेरागन ६७ एम्पुल गरी जम्मा २०४ एम्पुल, लागू औषध गाजा ४७० ग्राम, नाईट्रोभ्याट ३०५ ट्याब्लेट, डिजिटल तराजु २ थान (१ थान ठुलो, १ थान सानो) र मोवाईल १ थान भेटिएको प्रहरीले जनाएको छ।

औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखरा, वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा खटिएको प्रहरी टोलीले उक्त मात्रामा लागूऔषध बरामद गरेको हो ।

उनीमाथि कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले बताएको छ ।

  • १६ श्रावण २०८०, मंगलवार ०९:३२ प्रकाशित