पोखरा ।
पर्यटकिय नगरी पोखरमा आउने पर्यटक सहासिक खेलमा रुची राख्छन् । त्यसमा पनि प्याराग्लाइडिङमा पर्यटकको पहिलो रोजाइ हुने गर्छ । यस्तै सोमबार पोखराको आकाशमा फरक क्षमता भएका व्यक्तीहरुले सामुहीक रुपमा प्याराग्लाइडिङ गरेका छन् । दृष्टिबिहीनहरुलार्ई समाजले फरक नजरबाट हेर्ने भएकाले समान आत्मबल हुन्छ भन्ने सन्देश दिने प्रयास गरेको उनीहरुले बताए । विदेशी २ सहित १२ जनाले प्याराग्लाइडिङ गरेका थिए ।
पोखरा मान्द्रेढुङगाको १७ सय ४० मिटरको उचाइबाट उडान भरेर हावामा घुम्दै रमाउदै उनीहरु फेवा तालको उत्तरी भाग पामेमा अवतरण गरेका थिए । स्वदेश र विदेशबाट घुम्न आउने पर्यटकले औधी रुचाउने प्याराग्लाइडिङ फरक क्षमता भएकाहरुले पनि आफ्नो आट र साहास सफलतापूर्वक देखाए ।
ब्लाइन्ड रक्स संस्थापक अध्यक्ष सृष्टि केसीले समावेसी एडभेन्चरका लागि पोखरा र सबैजानले साथ दिएको बताइन् । जीवनको उचाइ जीवनको सफलतामा पुग्नका लागि अपाङगता/ दृष्टिबिहीनताले छेक्दैन भन्ने सन्देशका साथ उडेका थियौँ, केसीले भनिन् । ‘एउटा सपना हुन्छ नी जीवनमा बादलमाथी पुग्ने उचाइमा पुग्ने आज नेचुरल्ली बादल छोइरहेको थिए, बादभित्र हामी हराइरहेका थियौँ ।’
उनीहरुका लागि मात्रै नभएर पोखराको साहसीक पर्यटनका लागि पनि यो नौलो उडान थियो । पोखराको आकाशमा प्याराग्लाइडिङ गर्ने सेडुअल ब्लाइन्ड रक्स (फरक क्षमताको समूह) ले तय गरेको हो । ब्लाइन्ड रक्सको एक दर्जन सदस्यले केही समयका लागि जमिन छाडे र पोखराको आकाशमा प्याराग्लाइडिङको मज्जा लिए । सपना आँखाले होइन, आत्मादेखि नै देख्नुपर्छ । एक दिन अवश्य पुरा हुन्छ भन्ने उनिहरुले समाजलाइ सन्देश दिन सफल भएको अनुभव सुनाए ।
बागलुङकी चाँदनी शर्माले अवतरण पछि अनुभव सुनाउदै पहिलो पटक प्याराग्लाईडिङ गर्दा ‘मेमोरीयल मुभमेन्ट’ निकै रमाईलो भएको सुनाइन । अष्ट्रियाका नागरीक थमेशले नेपाल दोस्रो पटक आएको र यस पटक प्याराग्लाईडिङ गर्न पाउदा खुशी व्यक्त गरे ।
ब्याइन्ड रक्स समूहले यसअघि र्याफ्टिङ, रक क्लाइम्बिङ लगायतका शाहसिक खेलमा सहभागिता जनाइसकेका छन् । २ विदेशी नागरिकसहित १२ जनाको समूहले नेपाल हवाई खेलकुद संस्था(ना), पोखरा महानगरपालिका र लायन्स क्लबको सहयोगमा प्याराग्लाडिङ गरेका थिए ।